ऋतिक र दीपिकाले पहिलाेपल्ट 'स्क्रीन सेयर' गर्दै

बलिउडमा पहिलो पटक एरियल एक्सन फ्रेन्चाई बन्न लागेको भनिएको चलचित्र 'फाइटर'मा अभिनेता ऋतिक रोशन र दीपिका पादुकोण देखिने भएका छन्।

चलचित्रलाई सिद्धार्थ आनान्दले निर्देशन गर्दैछन्। सिद्धार्थले यसअघि पनि  ‘ब्यांग ब्यांंग’ र  ‘वार’मा ऋतिकसँग काम गरिसकेका छन्।

ऋतिक र दीपिकाले स्क्रीन शेयर गर्न लागेको यो पहिलो चलचित्र हो। यस चलचित्रलाई बहुप्रतिक्षित रुपमा हेरिएको छ। 

प्रकाशित मिति: : 2021-07-11 06:07:00

प्रतिकृया दिनुहोस्