राजनीति त्यागेर समाजसेवामा लागे रजनीकान्त  !

The New Indian Express
The New Indian Express

अभिनेता रजनीकान्तले राजनीति त्यागेका छन्।

उनले सोमबार आफ्नो पार्टी ‘रजनी मक्कल मंद्रम’ का सबै पदाधिकारीहरुसँग गहन छलफलपछि राजनीति त्यागेका हुन्। 

पार्टीका पदाधिकारीहरुलाई आफू भविष्यमा राजनीतिमा नफर्किने बताएको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ। 

हालै अमेरिकामा उपचार गरेर स्वदेश फर्किएका उनी समाजसेवामा लाग्ने भएका छन्। 

अब उनले नयाँ संगठन ‘रजनी फ्यान क्लब एसोसिएशन’ को नामबाट समाजसेवा गर्नेछन्।

प्रकाशित मिति: : 2021-07-13 18:17:00

प्रतिकृया दिनुहोस्