नेपाली श्रमिक र श्रमको मूल्य

अन्नपूर्ण पोष्ट

मेघराज सापकोटा

सन् १९८० को दशकबाटै नेपालीहरूवैदेशिक रोजगारीका लागि मध्यपूर्वका खाडी देशहरूमा आउने क्रम सुरु भएको मानिन्छ। त्यस हिसाबले अहिलेसम्म ५० लाखभन्दा बढी नेपालीले यी देशमा रोजगारी गरे होलान् भन्ने अनुमान छ। कुनै आधिकारिक तथ्यांक भने छैन।हालका दिनहरूमा झन्डै १२ लाख स्रमिक नेपाली मध्यपूर्वका यी खाडी देशहरूमा कार्यरत छन्।

संयुक्त अरब ईमिरेट्स (यूएई) मा तीन लाख, कतारमा चार लाख, साउदी अरबमा तीन लाख, कुवेतमा एक लाख, बहराइनमा २५ हजार र ओमानमा २० हजारको हाराहारीमा नेपाली यी देशमा पसिना बगाइरहेका छन्।सन् १९६० को दशकमा पेट्रोलियम पदार्थको कमर्सियल उत्पादन र बजारीकरणले उच्च रूप लिए यता यी देशहरूले आर्थिक विकासमा कायापलट गरे। इरान र इराकसहितअहिले संसारको झन्डै ५० प्रतिशत पेट्रोलियम पदार्थको उत्पादन यिनै देशमा हुन्छ। विश्वलाई पेट्रोल बेचेर नै यी देशहरूले आफूलाई शक्तिशाली बनाउँदै लागेका छन्।

नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये शतप्रतिशत युवा जनशक्ति नै हो। यी देशहरूमा रोजगारीका लागि उमेरको हद पनि ६० वर्ष नै छ। अर्थात् ६० वर्ष उमेर पार गरेपछि उच्च दक्ष जनशक्ति बाहेकलाई सरकारले भिसा दिँदैन। 

 

प्रकाशित मिति: : 2021-07-15 08:01:00

प्रतिकृया दिनुहोस्