कांग्रेसबाट यी नेताहरु मन्त्री बन्दै

आज कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठकमा को-कोलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।

त्यसो त, पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन उनले सानो आकारमा मन्त्रिपरिषद गठन गरेका थिए।जसमा माओवादी केन्द्रबाट दुई र कांग्रेसबाट दुई मन्त्री सहभागी छन्।

कांग्रेसबाटै बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानून मन्त्री बनिसकेका छन्।

केही दिनमा देउवाले नयाँ मन्त्रीहरु थप्ने तयारी गरेको स्रोतले बताएको छ। तर ती मन्त्रीहरुको नाम भने टुंगो लागिसकेको छैन।

स्रोतका अनुसार नेताहरु गगन थापा र डा. मिनेन्द्र रिजाल देउवाको पहिलो रोजाइमा परेका छन्। यी बाहेक अन्य केही नामहरु आजको पदाधिकारी बैठकले टुंगो लगाउने बताइएको छ। 

प्रकाशित मिति: : 2021-07-16 10:01:00

प्रतिकृया दिनुहोस्