करिना कपुरविरुद्ध उजुरी दर्ता !

File photo
File photo

बलिउड अभिनेत्री करिना कपुर खानविरुद्ध उजुरी दर्ता भएको छ।

आफ्नो गर्भावस्थाको दिनबारे लेखेको प्रेग्नेन्सी बाइबल नाम पुस्तकका कारण उनी विवादमा परेकी हुन्।

इसाई संगठन र अल इन्डिया माइनोरिटी बोर्ड (एआईएमबी) ले पुस्तकको नाम बाइबल राखेकोमा आपत्ति जनाउदै उनीविरुद्ध मुद्धा हालेको हो।

किताबको नामको विषयमा महाराष्ट्रको बीड जिल्लामा एक इसाई संगठनले क्रिश्चियन समुदायको धार्मिक भावना आहत भएको आरोप लगाउदैँ करिना कपुरविरुद्ध शिवाजी नगर पुलिस स्टेशनमा ऊजुरी दर्ता गरेका छन्। यस विषयमा भने करिनाले प्रतिक्रिया दिएकी छैनन्।

प्रकाशित मिति: : 2021-07-16 15:37:00

प्रतिकृया दिनुहोस्