ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने देउवा सरकारको निर्णय

फाइल तस्वीर
फाइल तस्वीर

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फिर्ता बोलाउने निर्णय गरेका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन ओली नेतृत्वको सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको देउवानिकट स्रोतले जनाएको छ।

ओली सरकारले इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ट्रियाका लागि निर्मलराज काफ्लेलाई राजदूत नियुक्त गरेको थियो।

त्यसैगरी रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यान्मारका लागि नारायणप्रसाद संग्रौला, श्रीलंकाका लागि रमेशचन्द्र पौडेललाई राजदूत नियुक्त गरेको थियो।

यस्तै ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो।

प्रकाशित मिति: : 2021-07-18 12:32:00

प्रतिकृया दिनुहोस्