माधव नेपालकाे पुत्ला बनाएर युवा संघले गर्याे 'दाहसंस्कार'

एमालेनिकट राष्ट्रिय युवा संघले वरिष्ठ नेता माधव नेपालको पुत्ला जलाएका छन्। 

आज (सोमबार) ललितपुरको बालकुमारीमा युवा संघका कार्यकर्ताहरुले आफ्नै पार्टीलाई घात गरेर अर्को पार्टीलाई मत दिएको भन्दै नेता नेपालको पुत्ला जलाएका हुन्। 

कार्यकर्ताहरुले नेता नेपालको पुत्लालाई खटमा राखेर शंख बजाउदै शवयात्रासमेत निकालेका थिए। ती कार्यकर्ताहरूले बालकुमारीस्थित पुलकाे छेउमा नेता नेपालकाे पुत्ला जलाउँदै दाहासंस्कार गरिरहँदा प्रहरी पुगेर नियन्त्रणमा लिने प्रयास गरेकाे थियाे।

युवा संघले हिजो (आइतबार) नै नेता नेपालको विरुद्धमा प्रदर्शन गर्ने घाेषणा गरेको थियो। 

प्रकाशित मिति: : 2021-07-19 15:54:00

प्रतिकृया दिनुहोस्