१६ लाखको सम्पत्ति लिएर श्रीमती अर्कैसँग गएपछि चार जना बच्चाको बिच्चली

विजय साह

जनकपुर 

धनुषाका रामप्रकाश साह यतिबेला श्रीमतीले अर्कैसँग बिहे गरेपछि न्यायको खोजीमा छन्। जिल्लाको धनुषाधाम ९ धारापानीका रामप्रकाशको श्रीमती गुडिया देवी मिथिला नगरपालिका ७ ढल्केवरका घुरन यादवसँग बिहे गरेर गएपछि न्यायको खोजीमा लागेका हुन्। उनी न्याय खोज्दै यतिबेला मिडियामा आएका छन्।

पोइल हिँडे्की श्रीमती गुडियाले ऋण तिर्न घरमा राखेको नगद पाँच पचास हजार, विभिन्न बैंकमा बचत गरेको रकम करिब ५ लाख, छोरीलाई भनेर किनिदिएको ४ तोला सुन आफैँले लगाउँदै आएको करिब ४ तोला सुन गरी जम्मा १६ लाख मुख्य बराबरको सम्पति लिएर भागेको उनको आरोप छ।

श्रीमती अर्कैसँग गएपछि चार जना स–साना छोराछोरीहरू बिचच्ली भएको रामप्रकाशले बताए। उनले श्रीमती गुडिया यही असार ७ गते घरवार छोडेर अर्कैसँग गएको जनाए।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ बस्ने विन्देश्वर साह तथा किरण देवी साहकी छोरी गुडियासँग २०६३ सालमा मागी विवाह गरेका थिए।

सञ्चारकर्मीसँग कुरा गर्दै रामप्रकाशले करिब ४/५ वर्ष पहिलेदेखि नै विङगर गाडी चालक यादवसँग पत्नी गुडियाको सम्बन्धमा रहेको खुलासा गरे। यो कुरा छोराछोरीलाई समेत थाहा पाएर आफुलाई सुनाएपछि श्रीमतीलाई यस्तो गर्नु हुँदैन भनेर पटक–पटक सम्झाएको सुनाए।

धारापानीको मुख्य चोकमा फलफूल व्यवसाय गर्दै आएकी गुडियाको चिनजान घुरनसँग फलफूल ल्याउने क्रममा भएको बताइन्छ। गाडी चालकसंग सम्बन्धमा रहेको थाहा पाएपछि पति रामप्रकाशले श्रीमतीलाई गलत काम नगर्न पटक पटक सुझाव पनि दिएका थिए।

गुडियाको अबैध सम्बन्धबारे उनका आमाबुबालाई आफूले जानकारी गराए पनि बेवास्ता गरेको र उल्टै आफूलाई नै धम्की दिने गरेको उनले आरोप समेत लगाए। आमाबुबाकै संलग्नतामा गुडिया विङगर चालकसँग फरार भएको रामप्रकाशले बताए।

उनले विङगर चालक घुरनसँग श्रीमती भागेको कुरा विङगर साहु रूपलालकी श्रीमतिबाट आफुले थाहा पाएको बताए। यस विषयमा इलाका प्रहरी कार्यालय ढल्केवरमा असार १० गते किटानी जाहेरी दिएको भएपनि प्रहरीले उनलाई हालसम्म उपस्थिति नगराएको बताए।

रामप्रकाशको घरमा १३ वर्षीया जेठी छोरी राधा साह, ११ वर्षीया छोरा मञ्जित साह , ७ वर्षीया छोरी ज्योती साह र कान्छी छोरी दिपिका साह ४ वर्षकी छन्।

करिब १५/१६ लाख बराबरको सम्पत्ति लगेपछि कलिला छोराछोरीको बिचल्ली हुने भन्दै रामप्रकाशले घर तथा बैंकबाट लगेको रकम र सुन फिर्ता गर्न आग्रह गर्दै मिडियामा आएको बताए।

प्रकाशित मिति: : 2021-07-19 18:08:00

प्रतिकृया दिनुहोस्