पुष्कर पुस्कर
तिमीले नछोउन्जेल
म रहस्य थिएँ
एउटा अनाैठो रहस्य,
नजिक आउनै डराउथ्याै तिमी
लाग्थ्यो होला तिमीलाइ म बर्मुढा ट्रेङ्गल हुँ
हो म ब्ल्याक होल हुँ
म खग्रास हुँ
या त सोच्थ्याै होला म देउता हुँ
म अमुक इश्वर हुँ,
तिमीले एकदिन आँट गरेरै छोयाै
सुमसुम्यायाै
कुन्नी कस्तो तुष्टि मेटियो
सबै डर हराएछ
तब म बर्मुढा रहिनँ तिम्रो
न रहें तिम्रो अमुक इश्वर
म त ढुङ्गा भइगएछु कुनै बेकामे
भर्खर लात हानेर गयाै
ओ प्रिय मान्छे
मान्छे सङ्गको सानिध्यता
यति भयानक हुन्छ भन्ने थहा हुन्थ्यो त
म पहिलै अमुक इश्वर बन्थें तिम्रो
तिमी भक्त बनेर ढोगिरहन्थ्याै।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया