दाङ, बाँके तथा आसपासका जिल्लामा कांग्रेसभित्र रोचक रस्साकस्सी, गुटभित्रै उम्मेदवार छान्न सकस

नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनेमा शंका व्यक्त भइरहँदा जिल्लास्तरमा महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ ।

महाधिवेशन नजिकिँदै गर्दा सरकारको नेतृत्व समेत कांग्रेसको हातमा आएको छ ।

जिल्लास्तरमा अधिवेशन लक्षित भेला, छलफल, गुटगत प्रतिस्पर्धाबाट नेतृत्वमा कसरी पुग्ने भनेर नेताहरू दौडधुप गरिरहेका छन् । 

लुम्बिनी प्रदेश अन्तर्गत साविक राप्ती र भेरीमा कांग्रेसका पूर्व २ नेता स्व. सुशील कोइराला र स्व. खुमबहादुर खड्काको आधार इलाका मानिन्थ्यो । कोइरालाको गृहनगर बाँके र खड्काको गृहनगर दाङ हो । 

दुवै नेताको संरक्षण र प्रभावबाट उठेका नेताहरू अहिले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा विभाजित छन् ।

पार्टीभित्रको किचलोलाई बाहिर ल्याउँदै कांग्रेसका गुटहरू पार्टीको चुनावी प्रतिस्पर्धामा होमिएका छन् । भदौ १६ गतेदेखि काठमाडौंमा शुरू हुने भनिएको कांग्रेसको महाधिवेशनअन्तर्गत साउन १२ गतेदेखि वडाबाट अधिवेशन शुरू हुने तय भएको छ ।

अबको ३ हप्तापछि अर्थात् साउन २६ गते जिल्ला अधिवेशन हुनेछ । क्रियाशील सदस्यताको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरूले जिल्ला सभापति सहितको नेतृत्व चयन गर्ने प्रावधान कांग्रेसमा छ । 

प्रकाशित मिति: : 2021-07-20 11:07:00

प्रतिकृया दिनुहोस्