पाकिस्तानमा चिनियाँ कामदार असुरक्षित

GETTY IMAGES
GETTY IMAGES

पाकिस्तानमा चिनियाँ परियोजनामा आबद्ध चिनियाँ कामदारहरु विभिन्न आक्रमण र दुर्घटनामा पर्ने गरेका छन्।

पाकिस्तानमा चिनियाँ परियोजनामा आबद्ध कामदार तथा ईन्जिनियरहरु विभिन्न दुर्घटनाको शिकार बन्दै आएका छन्। 

सन् २००४ मे ३ मा ग्वाद्दर मा भएको  कार बम बिष्फोटमा तीन चिनियाँ ईन्जिनियरहरुको ज्यान गएको थियो। 

सन् २००२ मा एघार फ्रान्सेली कामदारहरुको ज्यान जाने गरि भएको कराँची आक्रमणपछि विदेशी कामदारहरुको ज्यान गएको यो अर्को ठुलो दुर्घटना हो। 

ग्वाद्दर बन्दरगाह निर्माण कार्यमा त्यो समयमा चार सय भन्दा बढी चिनियाँ ईन्जिनियर तथा कामदारहरु कार्यरत थिए। पछिल्लो समयमा पाकिस्तानको उत्तरी क्षेत्रस्थित कोहिस्तानमा भएको बस दुर्घटनामा नौ जना चिनियाँ कामदारहरुको ज्यान गएको छ। 

कोहिस्तानस्थित जलबिधुत परियोजनामा कार्यरत चिनियाँ तथा पाकिस्तानी कामदार बोकेको बस दुर्घटनामा परेको हो। 

उक्त जलबिधुत परियोजना चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना को हिस्सा रहेको बताईएको छ। 

पाकिस्तानमा चिनिँया परियोजनामा सँग सम्बन्धित चिनियाँ कामदारहरु लक्षित आक्रमणहरु योजनाबद्ध हुने गरेको कतिपय मानिसले आशंका गर्ने गरेको पाईन्छ।

प्रकाशित मिति: : 2021-07-21 09:00:00

प्रतिकृया दिनुहोस्