प्रधानमन्त्री देउवाविरुद्ध सामाजिक सञ्जालमा लेखेकाे आराेपमा युवक पक्राउ

बिएल संवाददाता

विर्तामाेड
फाेटाे: प्रधानमन्त्री शेरबहादुर देउवा
फाेटाे: प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाकाे बारेमा सामाजिक सञ्जालमा नकारात्क लेख्ने एक युव पक्राउ परेका छन्।

प्रधानमन्त्री देउवाकाे बारेमा सामाजिक सञ्जालमा भ्रम फैलाउने झापाका विकास घिमिरेलाई पक्राउ गरेकाे साइबर व्यूराेले जनाएकाे छ।

घिमिरेले केही साता यतादेखि सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर प्रधानमन्त्री देउवाकाे बारेमा नकारात्मक टिप्पणी गरी भ्रम फैलाउँदै आएकाे साइबर व्यूराेले जनाएकाे छ। 

उनीलाई आइतबार दिउँसाे मेचीनगरबाट पक्राउ गरिएकाे हाे। थप अनुसन्धानका लागि उनलाई अहिले काठमाडाैं ल्याउने तयारी भएकाे साइबर व्यूराेका प्रवक्ता एसएसपी नमिन्द्र अर्यालले  बिएल नेपाली सेवालाई बताएका छन्।

प्रकाशित मिति: : 2021-07-25 16:56:00

प्रतिकृया दिनुहोस्