प्रशंसा, आलोचना र समीक्षाको भुमरीमा माधव नेपालले 'रिमेक' गरेको छवि

लोकान्तर

उद्धव थापा

२०५० सालपछि माधव नेपाल सधैँ राजनीतिको केन्द्रमा रहे। करीब १५ वर्ष एकलौटी रूपमा पार्टीको नेतृत्व गरे।

२०६४ मा भएको निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट पराजित भएपछि राष्ट्रिय राजनीतिमा उनको ओझ केही घट्न सक्ने आंकलन थियो। तर, समय त्यस्तो रहेन। दुई ठाउँबाट निर्वाचन हारेका व्यक्ति पनि संविधानसभाको संवैधानिक समितिको सभापति र पछि त प्रधानमन्त्री नै नियुक्त भए।

करीब तीन दशकयता कहिले सत्तामा त कहिले बाहिरै बसेर पनि राजनीतिको केन्द्रमा रहेका एमालेका वरिष्ठ नेता माधव नेपालले अहिले जसरी आफ्नो व्यक्तित्व प्रदर्शन गरिरहेका छन्, उनको विगत भने त्यस्तो छैन। 

यसअघि उनको प्रमुख राजनीतिक विशेषता थियो– ढुलमुले नीति। स्पष्ट अडान राख्न नसक्ने नेता भनेर उनले निकै आलोचना झेले। तर, उनी आफैँ भने समन्वयकारी भूमिका निर्वाह गर्ने गरेको तर्क गर्थे। सबैको कुरा सुन्नुपर्ने र सबैलाई मिलाउनुपर्ने भएकाले पनि त्यस्तो देखिएको हुनसक्ने उनको तर्क हुन्थ्यो।

तर, नेकपा एमालेको आन्तरिक विवादमा अहिले उनले जसरी जब्बर रूपमा अडान राखेका छन्, त्यसलाई हेरेर धेरैले भन्न थालेका छन्– माधव नेपाल फेरिएछन्। 

 

प्रकाशित मिति: : 2021-07-27 08:39:00

प्रतिकृया दिनुहोस्