बलिउड अभिनेत्री शिल्पा सेट्टीले आफूविरुद्ध झुठो र आधारहीन समाचार फैलाइएकाे भन्दै क्षतिपूर्तिकाे मागसहित उच्च अदालत पुगेकी छन्।
भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरे अनुसार २५ करोड भारु क्षतिपूर्तिकाे मागसहित उनी मुम्बईकाे उच्च अदालतमा पुगेकी हुन्।
उनका श्रीमान राज कुन्द्रा यतिबेला अश्लील चलचित्र बनाएको र प्रसारण गरेको आरोपमा प्रहरी हिरासतमा छन्। धराैटीमा छाड्न पनि अदालतले अस्वीकार गरेकाे छ।
शिल्पाले आफ्नाे श्रीमानसँग जाेडेर केही मिडियाले आधारहीन समाचार फैलाएकाे र सम्बन्धित मिडियाले माफी माग्दै २५ करोड क्षतिपूर्ति दिनु पर्ने भन्दै मुद्दा हालेकाे बताइएकाे छ।
केही दिनयता उनले श्रीमानमाथि लागेको आरोपमा आफ्नो कुनै संलग्नता नरहेको बताउदै आएकी छन्।