राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापाका गीत ‘बीच्च–बीच्चमा ४– ख्यास्स पुतली’ बहिष्कार गर्ने तयारी गरेकाे छ।
प्रतिष्ठानले साउन ७ गते थापालाई गीतमा प्रयाेग भएका आपत्तिजनक शब्दहरू फेरबदल गर्न ध्यानाकर्षण पत्र पठाउँदा पनि वेवास्ता गरेपछि गीत संस्थागत रुपमा बहिस्कार गर्ने तयारी गरेकाे हाे।
‘यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं।’ ध्यानाकर्षण पत्रमा भनिएकाे छ,‘कलाकारितामा नैतिकता र इमान्दारिता नै ठूलो हो, न कि पैसा र चर्चा।’
गीतका बारेमा चाैतर्फी आलाेचना भएका बेला ध्यानाकर्षण गराउँदा समेत थापाले वेवस्ता गरेपछि बिहीबार प्रतिष्ठानकाे कार्यायलमा कलाकारहरूकाे बैठक बसेर गीतलाई सस्थागत रूपमा बहिष्कार गर्ने तयारी भएकाे बैठकमा सहभागी एक कलाकारले बताएका छन्।
‘हामीले गीतकाे शब्द सच्चाउन अनुराेध गर्दा पनि उनले वेवास्ता गरेपछि हामी गीत नै बहिष्कार गर्ने तयारी गरेकाे छाैं।’ ती कलाकारले भने, ‘उहाँलाई प्रतिष्ठानकाे सदस्यबाट पनि निकाल्ने निर्णय गरेका छाैं।’
दुर्गेश थापाले भने संस्थामा भएका मान्छेले जे गाए पनि हुने अरूले गाउँदा विराेध गर्ने प्रवृति सस्थाका केही मानिसमा भएकाे आराेप लगाएका छन्। थापाले भने, ‘अब उहाँहरूले कारबाही गर्नु हुन्छ भने पनि ठिकै छ, मैले गीतमा प्रयाेग गरेकाे शब्द गलत टाइपकाे हाेइन, अहिलेका जेनेरेशनले यस्तै मन पराउनु हुन्छ’ थापाले भने, उहाँहरूले चाहिँ जे गरे पनि हुन्छ म संस्थामा नभएकाले मलाई ट्रयापमा पारिएको हो।’