चरी लैजा समाचार, हामी भयौं बेघरबार… !

लोकान्तर

दिलनिशानी मगर

टोपबहादुर रायमाझीलाई एमालेको नेता भन्ने कि माओवादीको ? बडो कन्फ्युजन छ। नाचगानमा निकै रहर गर्ने यिनको नाम नै 'कन्फ्युजन रायमाझी' राखिदिए हुने भएको छ।

'चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी' भनेजस्तै हालैका मितिमा यिनीहरूले 'आईटी आर्मी'मार्फत माओवादीको फेक विज्ञप्ति जारी गरेर माओवादीको झल्को मेटाउने प्रयास गरेका छन्।

जुन थालमा खाएको हो त्यही थालमा थुकेर गए पनि माओवादी पार्टीको सदस्य र संसद पद त खुमलटार गएर 'प्रचण्डजी, हामीबाट गल्ती भयो, एक पटकलाई माफी पाऊँ,” भनेर आत्मालोचना गर्दा पाइन्थ्यो कि ? तर, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै यिनीहरूले निर्वाचन आयोग र अदालत धाएर समयको बर्बादी गरिरहेका छन्।

'दु:ख पायौ नानीले, आफ्नै बानीले' भने जस्तै भएको छ। सासूआमा बिरामी हुँदा पिठ्युँ फर्काएर एक गिलास तातो पानी समेत नदिने, मुखमुखै लागेर झर्की-झर्की बोल्ने बुहारी नानीजस्तै प्रचण्डलाई गाह्रोसाह्रो पर्दा, प्रतिगामी तत्वहरूबाट पेलान हुँदा काँध थाप्नु त कता हो कता, उल्टै पिठ्युँ फर्काएर गएका ती अवसरवादी दुष्टआत्माहरू यतिखेर घर न घाटका भएका छन्।

प्रकाशित मिति: : 2021-07-30 17:05:00

प्रतिकृया दिनुहोस्