शारीरिक सुगठनकाे फाइनलमा प्रवेश गरे नेपाली मूलका उत्सव सिंह

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका यूवा उत्सव सिंह अन्तिम चरण(फाइनल)मा पुग्न सफल भएका छन्।

अमेरिकी पत्रिका(म्यागजिन)ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमी फाइनलबाट उनि फाइनलमा प्रवेश गरेका हुन्।

स्मरण रहोस, सिंहले जुलाई ३ का दिन टेक्सस राज्यमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा दुई वटा स्वर्ण पदक प्राप्त गरेका थिए। उक्त प्रतियोगितामा सहभागी भै दुईवटा स्वर्ण पदक हात पार्ने उनि नेपाली मूलका पहिलो व्यक्ति हुन्।

जुलाई ३० का शुक्रबार दिउसो अमेरिकी पूर्वीय समय १२ बजे पछि सेमी फाइनलबाट फ़ाइनलमा प्रवेश गर्दै अर्को फड्को हानेका छन्। उनले सबै विश्वमा रहनु हुने सबै नेपाली समुदायलाई मतदान गर्न आग्रह गरेका छन्।

८ वटा समूह रहेकोमा उनी आफ्नो समूहबाट प्रथम भै अन्तिम चरण (फाइनल) मा पुग्दै अब उनले ८ जनासंग प्रतिस्पर्धा गर्नु पर्नेछ। उक्त प्रतियोगितामा बिजेता भएमा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार प्रदान गरिने छ।

बिजेताको तस्वीर अमेरिकी पत्रिका 'फिचर्ड मसल एण्ड फिटनेस' नामक पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित गर्नेछ।

अमेरिकी ईतिहासमा नेपाली समूदायलाई प्रतिनिधित्व गर्दै पत्रिकामा सहभागी भै अन्तिम चरणमा पुग्ने पनि अहिलेसम्म उनी मात्र एक नेपाली हुन्।

प्रकाशित मिति: : 2021-07-31 06:33:00

प्रतिकृया दिनुहोस्