कियाराले २९औँ जन्मदिन मनाउँदै, प्रेमी सिदार्थले लेखे यस्ताे शुभकामना

Photo : dnaindia.com
Photo : dnaindia.com

बलिउडमा पछिल्लो समय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिदार्थ मल्होत्राबीच प्रेम सम्बन्ध रहेको चर्चा चल्दै आएको छ।तर यो केवल चर्चा मात्रै नभएर सावित नै भएको छ।

कियाराले आज आफ्नो २९औँ जन्मदिन मनाउँदैछिन्। सामाजिक सञ्जालमा उनलाई थुप्रै दर्शकहरुले शुभकामना दिइरहेका छन्।

यहीबीच सिदार्थले पनि कियारालाई विशेष तरिकाले जन्मदिनको शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमा शुभकामना दिदै लेखेका छन्, 'ह्याप्पी बर्थ डे कियारा। धेरै माया।'

केही दिन पहिले सिद्धार्थ र कियाराको माल्दिभ्समा छुट्टी मनाउँदै गरेको तस्वीर भाइरल भएको थियो। माल्दिभ्स जानुअघि पनि उनीहरू एयरपोर्टमा सँगै देखिएका थिए। 

प्रकाशित मिति: : 2021-08-01 12:33:00

प्रतिकृया दिनुहोस्