आमाको माया : कर्णाली नदीको डुंगा दुर्घटनाबाट बचाएर हसनाले छोरालाई लगाइन् खोप

पहिलोपोष्ट

काठमाडौं

सुर्खेत : बिहानको खाना खाइसकेपछि छोरालाई खोप लगाउन निस्किइन् कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ की हसना आले। खोप लगाउने थलो थियो, सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित बिजौरा स्वास्थ्यचौकी। जुन स्वास्थ्य चौकी पुग्न आधा घण्टा लाग्थ्यो, तर बीचमा कर्णालीको उर्लने भेल तर्नुको विकल्प थिएन।

नदी तर्न झोलुंगे पुल नहुँदा विकल्प थियो डुंगाको भर। उनीसहित बालबच्चा लिएर अरु तीन आमा पनि साथमै थिए। अर्की एक जना आमा बन्ने तरखरमा थिइन्, ५ महिनाकी गर्भवती। डुंगाबाट नदी तर्दै गर्दा अचानक दुर्घटना हुन पुग्यो।

खाना खाएर गाउँबाट सँगै हिँडेका साथीसंगी नदी तर्दै गर्दा दिउँसो साढे १२ बजेतिर तितरवितर भए। कसैले ज्यान जोगाए भने कसैले सदाका लागि साथ छोडे।

संयोगवस् हसनाले चार महिनाको बच्चा काखमा च्यापेर जसोतसो नदीपार गरिन्। र, उनले अन्ततः बच्चालाई खोप लगाएरै छोडिन्।

प्रकाशित मिति: : 2021-08-01 20:33:00

प्रतिकृया दिनुहोस्