रातारात हिटः को हुन् भाग्यमानी निकिता ?

All  Photos: instagram
All Photos: instagram

नाम, कम र अनुहार ज्यादा चलेको अभिनेत्री हुन्, निकिता दत्त।

यदि तपाईहरुले सन् २०१९ मा रिलिज भएको बलिउड चलचित्र  'कबिर सिंह' हेर्नु भएको छ भने पक्कै तपाईले केही दृश्यहरुमा निकितालाई देखेको हुनुपर्छ। यसौ भनौ कि उक्त चलचित्रमा एक 'व्यस्त मोडल'को भूमिकामा देखिने पात्र नै निकिता हुन्। केवल १४ मिनेटको दृश्यले उनलाई झन् रातारात हिट बनायो।

त्यसो त निकितालाई दर्शकहरुले प्रेमसहित 'निक्कु' उपनाम दिदै आएका छन्।

सन् २०१४ देखि मोडलिङ हुँदै उनले आफ्नो करिअर सुरु गरेकी थिइन्। सन् १९९० को नोभेम्बर १३ मा जन्मिएकी निकितालाई पछिल्लो समय बलिउडको ठूलै पर्दा देखाउन विभिन्न निर्देशक र निर्माताहरु लालायीतसमेत देखिन थालेका छन्।

नयाँ दिल्लीको एक मध्यम वर्गको परिवारमा हुर्किएकी निकितालाई सानैदेखि हिरोइन बन्ने ठूलो सपना थियो। र आज उनको त्यो सपना पनि पूरा भइसकेको छ।

पढाइमा मास्टर्स गरेकी निकिता समाजिक सञ्जालहरुमा निकै सक्रिय रहदै आएकी छन्। दर्शकहरुले उनको सुन्दरता र अभिनयको खुलेरै प्रशंसा गर्छन्। 

'लेकर अम दिवान दिल' चलचित्रबाट बलिउडमा डेब्यु गरेकी निकिता हिजोआज निकै व्यस्त अभिनेत्रीहरुको सूचीमा पर्छिन्। उनको पहिलो चलचित्र भने सजिलै फ्लप भएको थियो भन्न सकिन्छ।

सन् २०१५ मा उनले 'ड्रिम गर्ल'मा समेत काम गरिन्, तर त्यसमा पनि दर्शकहरु उनलाई नोटिस गर्न सकेनन्। तर 'एक दुजेके वास्ते' ले भने उनलाई एकाएक चर्चामा ल्यायो। यही सफलता कै कारण उनले दर्जनौभन्दा बढी पुरस्कारसमेत पाउन सफल भइन्। 

बेलाबेलामा उनको प्रेम सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चासमेत चल्छ। उनीसँग महंगो गाडी भए पनि उनले विभिन्न अन्तर्वार्तामा भनेकी छिन् कि उनलाई साइकलिङ असाध्यै मनपर्छ। 

हाल उनले एउटा चलचित्रमा काम गरेवापत दुईदेखि चार करोडसम्म परिश्रमिक लिदै आएकी छन्। उनी अभिनेत्रीको अलवा एक कस्मेटिक कम्पनीको मालिक पनि हुन्।

प्रकाशित मिति: : 2021-08-06 07:20:00

प्रतिकृया दिनुहोस्