चीनभित्रै कम्युनिस्ट शासन नभएको एक प्रान्तको कथा: सय माइल पारि तर्न किन हिच्किचाउँदैछन् सी ?

लोकान्तर

काठमाडौं

अघिल्लो साता अमेरिकाको बाइडन प्रशासनले ताइवानलाई ७५ करोड डलर बराबरको हतियार बेच्न खोजेको विषयमा त्यहाँको संसद् (कंग्रेस) लाई जानकारी दिएको छ । ताइवान रिलेसन्स याक्ट अन्तर्गत अमेरिकाले लामो समयदेखि ताइवानलाई हतियार बेच्दै आएकोमा यो पछिल्लो घोषणा सार्वजनिक भएको हो ।

अमेरिकाको यस निर्णयले चीनलाई आक्रोशित तुल्याएको छ । ताइवानलाई चीनले आफ्नै एक प्रान्त मान्दै आएको छ र अमेरिकाको पछिल्लो निर्णय एक चीन नीतिका विषयमा अमेरिकाले जनाएको प्रतिबद्धताको उल्लंघन भएको चीनको परराष्ट्र मन्त्रालयको कथन छ ।

चीनको आन्तरिक मामिलामा यसरी अमेरिकाले हस्तक्षेप गरेमा आफूले सशक्त प्रतिरोध गर्ने भन्दै चीनले चेतावनी दिएको छ । यस्तो स्थितिमा ताइवानमाथि चीनले आक्रमण गर्ने कत्तिको सम्भावना छ त ? 

त्यसो त विगत केही वर्षयता चीनले ताइवानका विषयमा आक्रामकता बढाउँदै लगेको छ । चीनका लडाकू विमानहरू ताइवानको हवाईक्षेत्रमा प्रवेश गर्ने गतिविधि पछिल्लो समयमा लगातार बढिरहेको छ । ताइवान जलसन्धि (स्ट्रेट) मा चीनले जलसैन्य अभ्यास पनि गरिरहेको छ ।

एक महिनाअघि मात्र चीनका राष्ट्रपति सी चिनपिङले चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा गरेको सम्बोधनमा पनि ताइवान समस्याको समाधान गर्ने तथा पूर्ण एकीकरणको लक्ष्य हासिल गर्ने बताएका थिए । उनले ताइवानी स्वतन्त्रताको सबै प्रयासलाई परास्त गर्न दृढ कारवाही चलाउने तथा राष्ट्रिय पुनरुत्थानको समुज्ज्वल भविष्य ताइवानसँगै मिलेर सिर्जना गर्ने समेत बताएका थिए । 

प्रकाशित मिति: : 2021-08-08 17:15:00

प्रतिकृया दिनुहोस्