९ करोड लागतमा सिनेमा हल खोल्दै दीपक-दीपा

File photo
File photo

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले राजधानीमा सिनेमा हल सञ्चालनमा ल्याउने भएका छन्। नयाँ बानेश्वरस्थित एक घर उनीहरूले करिब ९ काराेडकाे लगानीमा दुई वटा पर्दासहितकाे सिनेमा हल निर्माण गर्न लागेका हुन्। 

काेराेना महामारीकाे कारण सिनेमा हल धमाधम बन्द  भइरहेकाे अवस्थामा नयाँ हल खाेल्दा सकारात्मक सन्देश जाने उनीहरूले बताएका छन्।  उनीहरूका अनुसार दुई वटा हलमा  चार सय सिट रहेने छन्। 

आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने गरी तीव्र गतिमा हाल सिनेमा हलको काम भइरहेको  दिपक राज गिरीले बताएका छन्। 

कोरोना महामारीका कारण हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन्। २८ सिनेमा हल बन्द हुँदा प्रति शो ७ हजार सिट घट्छन्। 

प्रकाशित मिति: : 2021-08-11 13:51:00

प्रतिकृया दिनुहोस्