लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश, सत्तापक्ष अनुपस्थित

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ।

नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बुधबार अधिवेशन बैठकमा अविश्वास प्रस्ताव पेश गरेका हुन्।

बैठकमा सत्तापक्ष नेकपा (एमाले) का सांसदहरु उपस्थित भएका छैनन्। संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै सत्तापक्ष अनुपस्थित भएका हुन्।

मुख्यमन्त्री पोखरेलले आज पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अघि नै पोखरेलले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2021-08-11 13:54:00

प्रतिकृया दिनुहोस्