विजयकुमारको गुनासो : मलाई तह लगाउन ललिता निवासमा फसायो

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललिता निवासका विषयमा अख्तियारले मुद्दा चलाएको दाबी गरेका छन्।

विश्व आदिवासी दिवसको अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारले आफूलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसाएको जिकिर गरे।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले संविधान त्रुटीपूर्ण रहेको बताउँदै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका छन्।

गच्छदारले भने, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँडछ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो? त्यो दायित्व भूमिसम्बन्धी मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो। मलाई थाहा पनि थिएन सो विषयमा। तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो। मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो। यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ । आदिबासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनुपर्छ।’   

 

प्रकाशित मिति: : 2021-08-11 15:41:00

प्रतिकृया दिनुहोस्