लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

File photo
File photo

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बुधबार सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन्।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई न्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीकाे दावी पेश गर्न आह्वान गरेका छन्।

‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीवार अपरान्ह ३.०० बजेभित्र दावी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आव्हान गर्नु भएको छ।’ प्रवक्ता चिरञ्जीवी पाैडेलले हस्ताक्षर गरेकाे विज्ञप्तीमा उल्लेख  छ। 

मुख्यमन्त्री पोखरेलविरुद्ध बुधबार विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव समेत दर्ता  गरेका छन्। 

 

प्रकाशित मिति: : 2021-08-11 17:20:00

प्रतिकृया दिनुहोस्