बलिउड सुपरस्टार सलमान खान तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्ने भएका छन्।
तेलुगू मेगास्टार चिरन्जीवीको नयाँ फिल्मबाट सलमानले साउथ इन्डस्ट्रीमा डेब्यू गर्न लागेका हुन्।
मलयालम फिल्म ‘लुसिफर’ को तेलुगू रिमेक ‘गडफादर’ का लागि निर्माण टिमले सलमानलाई अफर गरेको हो। उनले फिल्मका लागि डेट्स दिइसकेको भारतीय मिडियाले बताएका छन् ।
यसअघि पनि सलमानलाई केही साउथ फिल्मबाट प्रस्ताव आएको थियो। तर, उनी जान मानेनन्। चिरन्जीवीसँगको मित्रताका कारण सलमानले तेलुगू फिल्म खेल्न सहमति जनाएका हुन्।
उक्त फिल्मको छायांकन चाँडै सुरु हुने र केही दिनमै फिल्मको घोषणा गर्ने निर्माण टिमको भनाइ छ।