काे हुन् गिगि हदिद ?

Photo : Gigi Hadid Facebook
Photo : Gigi Hadid Facebook

हलिउड गायक ज्यान मलिकलाई कसले पो नचिन्ला र ?

अझै युवतीहरु त झन् ज्यान मलिक भन्नबित्तिकै हुरुक्क हुन्छन्। ज्यानकै नाममा हात काट्ने युवतीहरु पनि नभएका होइनन्। 

त्यसो त ज्यान मात्र त्यस्तो एउटा गायक हुन्, जसले एसियाबाटै आफ्नो यात्रा सुरु गरेर अहिले हलिउडको चर्चित र सफल गायक बन्न सफल भए।

उनी गायक त हुन नै, त्यसको अलावा उनी आफ्नो गीतहरुमा आफै देखिन्छन्।

उनी कुनै हिरोभन्दा कम देखिदैनन्। वास्तवमा उनको जन्म पाकिस्तानमा भएको थियो। तर, उनी सानै छदा बाबुआमासँग बसाइ सरेर इंगल्याण्ड गएका थिए।

यति जानिसकेपछि जो कोहीलाई पनि जिज्ञासा हुन्छ कि ज्यानकी प्रेमिका को होलिन् ?

पछिल्लो समय ज्यानले अमेरिकी मोडल गिगि हदिदलाई डेट गरिरहेका छन्। उनीहरु सन् २०१९ देखि प्रेममा रहदै आएका छन्। उनीहरु दुवैले सामाजिक सञ्जालमा पनि खुलेर एकअर्काको फोटो शेयर गर्दै आएका छन्।

गिगि सन् १९९५ को अप्रिल २३ मा लस एञ्जलसमा जन्मिएकी थिइन्। उनले सन् २०१२ बाट आफ्नो करिअर सुरु गरेकी थिइन्। 


 
 

प्रकाशित मिति: : 2021-08-16 15:35:00

प्रतिकृया दिनुहोस्