धराैटीमा छुटे खुलमखुल्ला जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छाेरा

जुम्लाकाे सिंजा गाउँपालिका- ६ मा जातीय विभेद गर्ने वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नविन बुढालाई जिल्ला अदालतले धरौटीमा छोडेको छ।

जिल्ला अदालत जुम्लाका न्यायाधीश शिव प्रसाद खनालको एकल इजलासले जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छोरालाई धरौटीमा छोडेकाे हो।

वडाध्यक्ष बुढालाई एक लाख १० हजार र उनका छोरा नविनलाई एक लाख धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाका निमित्त श्रेस्तादार तथा सुचना अधिकारी चेत राज पन्तले जानकारी दिए।

'अभियाेग पत्रकाे माग दावी सजायकाे हकमा दुई महिनादेखि दुई वर्षसम्म कैद र बीस हजारदेखि दुई लाखसम्म जरिवाना हुन सक्ने गरी भएकाे छ,' उनले भने, 'तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा न्यायालयले धराैटी लिने गरेकाे हुन्छ।'

अध्यक्ष बुढा र उनका छाेराले सिंजा गाउँपालिका-६ काँडागाउँका विवेन्द्र नेपालीलाई जातीय विभेद गरेका थिए। गएकाे असार २५ गते पीडित नेपालीले जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढा र उनका छोरा नविनलाई प्रतिवादी बनाइ जोहेरी दिएका थिए।

जातीय भेदभाव तथा छुवाछूत सजाय कसूर मुद्दाका प्रतिवादी वडाध्यक्ष बुढालाई एक लाख १० हजार र उनका छोरा नविनलाई एक लाख धरौटी माग गरि पुर्पक्षको लागि न्यायिक प्रक्रियामा राखिएकाे पन्तले बताए।

पीडित नेपालीले जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको जाहेरी गर्दा गरेकाे भए पनि प्रहरीले वडाध्यक्ष बुढालाई अनुसन्धानको प्रक्रियामा सहभागि नगराई सिधै अदालतमा उपस्थित गराएको हो। जाहेरी दर्ता भएबाट वडाध्यक्ष बुढा फरार थिए।

वडाध्यक्षका छोरा नविन बुढालाई प्रहरीले १० दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेपछि वडाध्यक्ष र उनका छोरालाई अदालमा पेश गरेको थियो।



प्रहरीकाे लापरवाहीः जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छाेरा फरार

अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि पक्राउ परेनन् जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छाेरा

प्रकाशित मिति: : 2021-08-17 20:44:00

प्रतिकृया दिनुहोस्