हावा कुरा होइन, हावाबाट विद्युत् निकालेर गाउँ नै झिलिमिली !

लोकान्तर

काठमाडौँ

पाल्पा सदरमुकाम तानसेनबाट ७० किलोमिटर पूर्वको विकट क्षेत्र हो निस्दी गाउँपालिका । जहाँ अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन।

२०७४ सालमा भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । गाउँपालिकाको नेतृत्वमा भारी मतले विजयी भएर आए अध्यक्षमा मुक्तबहादुर सारू।

उनी निर्वाचित नहुँदै पनि योजना थियो – विकट गाउँपालिकालाई उज्यालो बनाउनुपर्छ, गाउँलाई अन्धकारबाट उज्यालो बनाउनुपर्छ। त्यो कुरा उनको घोषणा पत्रमा उल्लेख थियो।

गाउँपालिकाको मित्यालमा बाह्रै महिना, चौबिसै घण्टा हावा चल्ने। उनले हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने सुनेका थिए। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गाउँपालिको केन्द्र रूप्सेभञ्जाङमा वायुबाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन गरी निष्कर्ष निकाल्यो।

वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले परीक्षणको लागि १ किलोवाट विद्युत् वायुबाट निकालेर परीक्षण सफल भयो। सारूले योजना बनाए – अन्धकार गाउँलाई हावाबाटै विद्युत् निकाली उज्यालो बनाउनुपर्छ। 

उनले हावाबाट बिजुली निकालेर गाउँलाई झिलिमिली बनाउँछु भन्दा धेरैले सारूलाई नै हावा भने । थोरै मान्छेले मात्र सारूलाई साथ दिए । गाउँमा उज्यालोका लागि चिन्ता गरिदिने मान्छे थिएनन्। 

 

प्रकाशित मिति: : 2021-08-21 13:51:00

प्रतिकृया दिनुहोस्