जुठा भाँडा बोकेर मन्त्रालय चहार्ने राजु १७ वर्षको उमेरमा बन्दैछन् सफल व्यवसायी

शिलापत्र

सम्झना घिमिरे

 

काठमाडौंको व्यस्त सडक। यही व्यस्त सडकले आजभन्दा ४ वर्ष अगाडि राजु घिसिङलाई बेवारिसे अवस्थामा पायो। गरिबीले घरबाट सडकमा आइपुगेका राजुको आश्रयस्थल अनि घर काठमाडौंका गल्लिहरू बने । रामेछापबाट पैसा कमाउन १३ वर्षको उमेरमा घरबाट भागेर काठमाडौं पसेका राजु अझै पनि किशोर नै छन्। तर, उनको अनुभव र सोचले भने उनलाई बालपनमा रमाउन दिएन। पैसा कमाउन घरबाट सडकमा पुगेका राजु सडकबाट सिंहदरबारसम्म पुगे। तर, बालबालिकाको भविष्यका नाममा करोडौँ खर्च गर्ने त्यही सिंहदबारले राजुलाई देखेन। सिंहदबारभित्रै क्यान्टिनमा भाडा माझ्न पुगेका राजु झण्डै ४ वर्षपछि व्यवसायिक रूपमा रफ्तारका साथ अगाडि बढिरहेका छन्।

बालपनमा नै गरिबीको चपटाले पिल्सिएका उनी १५ वर्ष नपुग्दै व्यवसायिक यात्रामा होमिए। उनको अझै कापीकलम बोकेर पढ्न जाने उमेर सकिएको छैन। तर, उनलाई त्यो अवसर कहाँ ? उनी भन्छन्, ‘घरमा दुःख नै थियो, भनेको खान पनि पाइँदैन थियो त्यसैले काठमाडौं पैसा कमाउने भन्दै हिँडेको म।’

प्रकाशित मिति: : 2021-08-23 15:04:00

प्रतिकृया दिनुहोस्