‘भाइ कांग्रेस’ वा ‘भाइ एमाले’ नबन्दा कहाँ छ माधव नेपालको राजनीतिक स्पेस ?

लोकान्तर

सुशील पन्त

प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन गरेर 'ड्यास माओवादी' (नेकपा– माओवादी) घोषणा गर्न २०६९ साल असारमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महासचिव रामबहादुर थापाले भनेका थिए– ‘आजको रात देशीविदेशी प्रतिक्रियावादीले माओवादी फुटेको खुशियालीमा ह्विस्की फोर्नेछन्, तर खुशी नमनाए हुन्छ, जनयुद्धका उपलब्धि गुम्न दिइने छैन ।’ 

प्रचण्ड अवसरवाद र दक्षिणपन्थी भासमा फसेको भन्दै मोहन वैद्यको नेतृत्वमा बादल र विप्लवहरूले माओवादी विभाजन गरेका थिए । 

त्यो दिन कतिले ह्विस्की फोरे/फोरेनन् लेखाजोखा भएन । स्वयं रामबहादुर थापा त्यो दलमा धेरै समय टिकेनन् । प्रचण्डको नेतृत्वको माओवादीमा फर्केर केही वर्ष सत्ताको स्वाद चाखेपछि अहिले एमालेमा पाहुना लागेका छन् । बादलले ह्विस्कीको उदाहरण दिएको एक दशपछि गाउँदेखि शहरसम्मका भट्टीमा फेरि त्यस्तै राजनीतिक गफ शुरू भएका छन् ।

‘पावर ब्रोकर’देखि गाउँका गफाडी र बेरोजगारले स्तर अनुसारको ह्विस्की/रक्सी फोरेर गफ लडाइरहेका छन्– एमाले विभाजनलाई लिएर । चुनावमा कसको शक्ति कति हुन्छ थाहा छैन, तत्कालका लागि संसद्को सबैभन्दा ठूलो दल एमाले विभाजनको असर केन्द्रदेखि तलसम्म परेको छ । 

प्रकाशित मिति: : 2021-08-27 11:15:00

प्रतिकृया दिनुहोस्