सुशान्त केसीले विश्व चर्चित डिजे डेभिड गुएटासँग सहकार्य गर्दै

नेपाली गायक सुशान्त केसीले विश्व चर्चित फ्रान्सेली डिजे डेभिड गुएटासँग मिलेर गीत गाउने भएका छन् l

याे अवसर भने डेनिस बियर टुबोर्गले जुराएकाे हाे। गुएटाको नयाँ ट्रयाक ‘गेट टुगेदर’को अफिसियल रिमिक्स सुशान्तले गर्नेछन्।

गीतलाई  सेप्टेम्बर अन्त्यसम्म ल्याउने गायक केसीले जानकारी दिए।

उनले पहिलो पटक विश्वकै ठुला डिजेसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् l

प्रकाशित मिति: : 2021-08-29 06:23:00

प्रतिकृया दिनुहोस्