हरितालिका अर्थात तीजको अवसरमा युएईको राजधानी अबुधाबीमा रहेको एभरेस्ट ट्राभल एण्ड टुरिजमले नेपाली चेलीबेटीलाई दर खुवाएको छ।
माइतीहरूले चेलीबेटीहरूलाई बोलाएर दर खुवाउने परम्परालाई परदेशमा भए पनि निरन्तरता दिनका लागि एभरेस्ट ट्राभलले दर खुवाउने कार्यक्रम आयोजना गरेको ट्राभलले जनाएको छ।
गत शुक्रबार अबुधाबीको टुरिष्ट क्लब परिसरमा आयोजित कार्यक्रममा झन्डै ५० जना नेपाली चेलीबेटीहरूले विभिन्न परिकार खाएर नाचगान गर्दै तीज मनाएको ट्राभलका संचालक सुमन पराजुलीले बताए।
कार्यक्रम संचालन गर्न नेपाली व्यवसायी ब्लेजिङ स्टार कम्पनीका प्रबन्ध निर्देशक केशव कार्कीले नि:शुल्क हल उपलब्ध गराएका थिए।
कार्यक्रममा सहभागी हुने तथा विभिन्न माध्यमबाट सहयोग गर्ने नेपाली चेलीबेटीहरूलाई आयोजकका तर्फबाट अञ्जु भट्टराईले धन्यवाद दिइन्।