साथीलाई कर्जा जुटाउन घरजग्गै धितो, हात पर्‍यो पैसाबिहीन चेक! नीति फेरिएसँगै सुल्टिने मेसोमा केसहरु...

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३४ को कित्ता नम्बर ३६२, ५१ र ४५ मा बनेको घर कम्पाउनसमेत धितोमा राखेर चार करोड बीस लाख रुपैयाँ ऋण दिएका थिए साथीलाई।

कलेज पढ्दाका साथीले सञ्चालन गर्दै आएको हिमालयन डेकोर्स प्रालिलाई ऋण कर्जा चाहिएर उनीहरुले घर धितो राख्न दिएका थिए। तीन वर्षमा सबै कर्जा चुक्ता गर्ने बाचा पनि गरेका थिए।

तर, तोकिएको मितिसम्म घर जग्गा ऋण तिरेर फुकुवाको प्रकृया नै अगाडि बढेन। पछि ती साथीले उनीहरुलाई मेघा बैंकको ४ करोड २० लाख रुपैयाँको चेक दिए। तर, चेक साटिएन किनकि खातामा पुग्ने रकम थिएन। पछि चेक अनादर भएको घटनाहरु पनि प्रहरीमा पुगे। बैकिङ्ग कसुर अपराध भएको हुँदा पीडित पक्ष प्रहरीकहाँ पुग्यो।

पीडित पक्षले विश्वासमा परि २०७१ चैत १४ र २७ गते जनता बैंक र मालपोत कार्यालयमा तयार पारेका सबै कागजातहरुमा नपढी नै सहिछाप गरेको भन्दै उजुरी दियो। 

+++

गएको साता महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जबाट एकजना पुरुषलाई नियन्त्रणमा लियो। पैसा नभएको चेक दिएको भन्दै पक्राउ गर्न एक महिलाले परिसरमा उजुरी दिएकी थिइन्।

प्रहरीले उनको उजुरीलाई आधार मानेर ती पुरुषलाई सम्पर्क गर्‍यो। दुवै जनालाई कारोबार मिलाउन सुझायो पनि। तर, तोकिएको समयमा उनीहरु बिच कुनै सहमति भएन। अर्थात् लेनदेनको हिसाब मिलेन। त्यसपछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लियो। कोरोना भाइरसको संक्रमण भएकाले उनको पीसीआर परीक्षण पनि प्रहरीले नै गरायो। रिजल्ट नेगेटिभ आएपछि हिरासतमा राखियो।

प्रकाशित मिति: : 2021-08-31 09:38:00

प्रतिकृया दिनुहोस्