किन बारम्बार फुटिरहन्छन् कम्युनिस्ट पार्टी ?

लोकान्तर

प्रदीप नेपाल

हामीले एउटा भग्नावशेष पायौं कम्युनिस्ट पार्टीको रुपमा। पुष्पलाल, तुलसीलाल, बर्मा, मानन्धर, केशरजंगका गुटहरू। केन्द्रीय न्यूक्लियस, पूर्वको रातो झण्डा, दाङ कम्युनिस्ट, माले दल, मार्क्सवाद अध्ययन केन्द्र। कति हो कति !

जसरी भएपनि त्यसलाई त तोड्नैपर्छ – हाम्रा अगुवा साथीहरू भन्थे तर कसरी ? कसैलाई थाहा थिएन। एउटा विस्फोटको आवश्कता थियो शायद।

झापा संघर्ष नै त्यो विस्फोट थियो, जसले नेपालका युवा विद्यार्थी तथा असंगठित कम्युनिस्टलाई बेस्सरी हल्लायो। झापा संघर्ष केही अतिउग्रवामपन्थी सोचबाट एउटा नयाँ समूह बन्यो– अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र। यही कोअर्डिनेसन केन्द्रका वरिपरि उभिए विभिन्न समूह बनाएर काम गरेका क्रान्तिकारीहरू।

प्रकाशित मिति: : 2021-09-01 14:01:00

प्रतिकृया दिनुहोस्