काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन्।
आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो।
स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिने तयारी भएको हो। प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने तीन प्रजिअहरुको बैठकले निर्णय गरेको छ।