नायिका केकी अधिकारीको कपवता 'ए पुरुष'भिडियो युट्युबमा सार्वजनिक भएको छ। कवितालाई केकीकै आधिकारिक युट्युब च्यानल 'केकी अधिकारी'बाट सार्वजनिक गरिएको छ।
कुञ्ज थिएटरमा खिचिएको भिडियोलाई श्रद्धा प्रसाईँले निर्देशन एवम् सम्पादन गरेकी छिन् भने बिम्ब अधिकारीको सहायक निर्देशन रहेको भिडियोलाई निशान शाहीले खिचेका छन्।
उक्त भिडियो कविताको निर्माण ट्रेक्स्मिन स्टुडियोले गरेको हो। कवितामा रत्न बिकको बाँसुरी , हेमन्त कान्छाको सारङ्गी र मनोज खड्काको मिक्सिङ मास्टरिङ् समावेश गरिएको छ।
कवितालाई केकीकै आधिकारिक युट्युब च्यानल 'केकी अधिकारी'मा हेर्न सकिन्छ।