अपार्टमेन्टमा यौनधन्दा प्रकरण : ढोकामा अत्याधुनिक लक कोड, अकाउन्टेन्ट नै राखेर हिसाबकिताब !

लोकान्तर

गगन अर्याल

ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुरहाइटस्थित कासाबेल अपार्टमेन्टको ५ औं तल्लामा प्रहरी पुग्दा सोचेभन्दा अस्वाभाविक दृश्य देखियो।

‘हामी प्रहरी हौं, तपाईंहरू कतै नजानुस्,’ ढोका खोल्नेबित्तिकै प्रहरीले यसो भन्दा मकवानपुरको हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया एक महिला हतार–हतार कपडा मिलाउन थालिन्। अरू पनि हस्याङफस्याङ गर्दै उठे।

केही त अर्धनग्न अवस्थामा थिए। एक्कासि प्रहरी पुगेपछि उनीसहित ७ जनाले आफूहरू आफन्त भएको नाटक गरे, तर प्रहरी पत्याउन तयार थिएन। पूर्व सूचनाका आधारमा नै त्यहाँ छापा हानिएको थियो।

प्रहरीले छापा हान्दा मादक पदार्थका बोत्तल र कन्डमहरू यत्रतत्र छरिएका थिए। त्यहाँ ४/५ वटा बेड पनि थियो।

प्रहरीलाई त्यहाँ ललितपुरका राजु (नाम परिर्वतन)ले यौन व्यवसाय चलाउँदै आएको भन्ने सूचना थियो। त्यहाँ जानका लागि प्रहरीले उनको मोबाइल नम्बरको अनुसन्धान गरेको थियो।

फरार अवस्थामा रहेकाले प्रहरीले उनको वास्तविक पहिचान खुलाएको छैन।

प्रहरी ग्राहक बनेर अपार्टमेन्टमा छिरेको थियो। गेटमा नाम टिपाइदिनेदेखि ढोका खोल्न लगाउनेसम्मको काम तिनै महिलाले गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-09-03 12:59:00

प्रतिकृया दिनुहोस्