सत्यराज आचार्यको ‘संसार जित्ने राजा’ सार्वजनिक भएको छ। सत्यराज र उनका छोरा संगीतराज आचार्यको अभिनय रहेको उक्त गीत आज (आइतबार) सार्वजनिक भएको हो। गीतमा युग यमनको शब्द तथा संगीत रहेको छ।
संगीतको यो पहिलो म्युजिक भिडियो हो। भिडियो निर्देशन सत्यराज आचार्य स्वयम्ले गरेका हुन्। उनीहरु बुबा र छोराको भूमिकामा छन् भने आमाको भूमिकामा मलिना ठकुरीलाई देख्न सकिन्छ।
बुबाछोराको वार्ताबाट सुरु भएको गीतमा प्रेमिल जोडी र सन्तान जन्मिन लाग्दाको खुसी आनि सन्तान प्राप्तिसँगै जीवनसाथी गुमाउनुपर्दाको पीडालाई उजागर गरिएको छ।