फिल्म 'जार' को फर्स्ट लुक पोस्टर सार्वजनिक 

फिल्म 'जार'को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मकी लिड नायिका गीताञ्जली थापालाई केन्द्रमा राखिएको छ भने पृष्ठभूमिमा सौगात र अनुपलाई देख्न सकिन्छ।

फेर्री टेल पिक्चर्सले ‘होप रिल एन्ड एलए सर्ट्स’ सँगको सहकार्यमा निर्माण भएको फिल्मलाई निर्देशक फुर्वा छिरिङ लामाको निर्देशन गरेका हुन् गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता नायिका हुन्।

‘जार’ को कथा इन्द्र बहादुर राईले लेखेका हुन्। भारतको सिक्किममा छायांकन भएको फिल्ममा सम्पूर्ण प्राविधिक काममा भारतीय टिम संलग्न छ।

यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो। फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ। यथार्थपरक कथामा आधारित रहेर निर्माण गरिएको 'जार' मा केन्द्रीय द्वन्द्व नै महिला पात्र हो।  
 

प्रकाशित मिति: : 2021-09-06 20:05:00

प्रतिकृया दिनुहोस्