अनेरास्ववियु रतुवामाईद्वारा एमसिसिको विरोधमा प्रदर्शन  

नेकपा एमाले निकट अनेरास्ववियु रतुवामाईले एमसिसिको विरुद्धमा प्रदर्शन गरेको छ। शनिबार साँझ  अनेरास्ववियु रतुवामाई नगर कमिटीको आयोजनामा विद्यार्थीहरुले राँके जुलुससहित प्रदर्शन गरेका हुन्।

विरोध र्यालीमा सहभागीहरुले एमसिसि राष्ट्रघाती हो भन्दै यो सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताएका थिए। 

प्रदर्शनमा सहभागीहरुले एमसिसि मुर्दावाद,एमसिसि खारेज गर, देउवा सरकार मुर्दावाद, जयसिँहलाई न्याय दे लगायतका नारा लगाएका थिए।

रतुवामाईको आमबारी बजारबाट निकालिएको जुलुस शनिश्चरे बजारमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य तिर्थ बस्नेत, मोरङ जिल्ला सचिवालय सदस्य रुपेश ढकाल र नगर संयोजक सशांक चापागाईंले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2021-09-11 20:33:00

प्रतिकृया दिनुहोस्