सन् २०११ मा चलचित्र 'रकस्टार' बलिउडमा डेब्यु गरेकी अभिनेत्री हुन्, नरगिस फाखरी। उनका ‘मे तेरा हिरो’, ‘अजहर’, 'हाउसफुल ३' लगायतका चलचित्रहरू सुपरहिट छन्।
उनै नगरिसकाे नाम सन् २०१४ ताका अभिनेता उदय चोपडासँग जोडिएको थियो, तर दुबैले यस विषयलाई अस्वीकार गरे। तर, अहिले नरगिस फाखरीले उदय चोपडासँगको सम्बन्धबारे बोलेकी छिन्।
नरगिसका अनुसार उदय चोपडासँग उनी पाँच वर्षसम्म डेटमा थिइन् र दुबैको सम्बन्ध निकै राम्रो थियो। तर, दुनियाँसामु सम्बन्धलाई लुकाएकोमा आफुलाई अहिले पछुतो लागेको नरगिसले बताएकी छिन्।
नरगिसका अनुसार उनीहरुको ब्रेकअप भएको एक वर्ष बितिसकेको छ।