स्वास्थ्यमन्त्री छैन, डाइरेक्टर पनि हटाए, नजान्नेलाई जागिर खुवाइयाे : ओली

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ल्याइदिएको कोभिड १९ विरुद्धको खोप वितरण गर्न नसकेको आरोप लगाएका छन्।

कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोखे।

'खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्‍यौं। करोडौं खोप ल्यायौं। अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,' उनले भने, 'मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए। केही पनि नजाने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ।'

आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीको भनाइ थियो।

प्रकाशित मिति: : 2021-09-15 17:03:00

प्रतिकृया दिनुहोस्