झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै विश्वप्रकाश

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबारे आज अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन्।

संविधान दिवसको अवसर पारेर मध्याह्न १२ बजे शर्माले झापाको बिर्तामोडमा फेसबुकमार्फत महामन्त्री उम्मेदवारीबारे अवधारणापत्र सार्वजनिक गर्ने भएका हुन्।

‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने नारासहित नेता शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणाबारे प्रस्ट पार्ने भएका छन्।

कांग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2021-09-19 10:46:00

प्रतिकृया दिनुहोस्