नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान बिनोदले गरे इन्गेजमेन्ट (तस्वीरहरू)

नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्यालले इन्गेजमेन्ट गरेका छन्।

लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएका भण्डारी र अर्यालले बुधबार काठमाडौंमा इन्गेजमेन्ट गरेका हुन्।

आउने दशैँमा विवाह हुने उनीहरूले बताएका छन्। हिमालय टेलिभिजनमा पाँच वर्षअघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउँदादेखि नै दुई जनाबीचको प्रेम सम्बन्ध सुरु भएको थियो।

सन् २००९ को एसीसी टि-२० बाट नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका बिनोद नेपाली टिममा हाल नियमित विकेटकिपर ब्याट्सम्यान हुन्।

सञ्चारकर्मी अर्याल भने हाल ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्छिन्। उनले यसअघि हिमालय टेलिभिजन र एपीवान टेलिभिजनमा काम गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-09-23 08:17:00

प्रतिकृया दिनुहोस्