राजधानीमै घर भएका सांसदले पनि लिए उपचार खर्च, छोरा डाक्टर हुनेले समेत छाडेनन् !

लोकान्तर

प्रकाश आचार्य

शंकर पोखरेल नेतृत्वको निवर्तमान लुम्बिनी प्रदेश सरकारमा ९९ दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका एमाले सांसद भोजप्रसाद श्रेष्ठले प्रदेश सभाबाट ३५ हजार रूपैयाँ उपचार खर्च लिएका छन्।

तत्कालीन बुटवल नगरपालिकाको मेयर समेत भएका एमाले सांसद श्रेष्ठको बुटवलको सुख्खानगरमा २ तले घर छ।

श्रेष्ठका एक छोरा औषधि व्यवसायी र अर्का डाक्टर छन्। सामान्य उपचार खर्च आफैं बेहोर्न सक्ने अवस्था भए पनि सांसद श्रेष्ठले राज्यकोषबाट आर्थिक वर्ष २०७७/०७८ मा ३५ हजार ३६ रूपैयाँ उपचार खर्च लिएका हुन्। श्रेष्ठले अघिल्लो आव (२०७६/०७७) मा पनि ३५ हजार १६९ रूपैयाँ उपचार खर्च लिएका थिए।

एमालेकै अर्का सांसद विष्णुप्रसाद पन्थीको बुटवल लक्ष्मीनगरमा २ तले घर छ। कपिलवस्तुबाट निर्वाचित सांसद पन्थी आफ्नै ‘लग्जरियस’ गाडीमा हुइँकिन्छन्।  पन्थीको कपिलवस्तुको वाणगंगामा पनि घर छ। तर, उनले पनि सामान्य उपचार खर्चका लागि राज्यको मुख ताकेका छन्। उनले आव २०७७/०७८ मा प्रदेशसभाबाट २५ हजार ५८५ रूपैयाँ लिएका छन्। 

प्रकाशित मिति: : 2021-09-23 17:08:00

प्रतिकृया दिनुहोस्