याे वर्षको ‘युवा प्रेत्साहन पुरस्कार’ जनवादी गायक हेमराज आश्रमलाई

File Photo
File Photo

सार्थक जनसंगीत प्रतिष्ठान नेपालले यस वर्षकाे ‘युवा प्रोत्साहन पुरस्कार’ रक्तिम सांस्कृतिक अभियानका सचिव तथा जनवादी गायक हेमराज आश्रमलाई प्रदान गर्ने भएकाे छ। नवौँ स्थापना दिवसका अवसरमा आइतबार पारिजात स्मृति प्रतिष्ठान बालाजुमा आयोजित कार्यक्रममा उक्त पुरस्कार आश्रमलाई प्रदान गरिने घाेषणा गरिएकाे हाे।

प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ प्रगतिशिल गीतकार श्याम तमोटले आश्रमलाई युवा पिढसीका शसक्त तथा क्रियाशील कलाकार भएकोले उक्त सम्मान प्रदान गर्न लागिएकाे बताएका छन्। 

हेमराज आश्रम करिब एक दशकदेखि जनवादी गीत संगीतमा सक्रिय छन्। करिब २ दर्जन जनावदी गीत सृजना गरेका उनले फिल्म समेत निर्देशन गरेका छन्। 

नयाँ तथा पुराना गरी वर्षमा दुई शीर्षकमा दुई पुस्तालाई दिइने पुरस्कार मध्य पुराना पुस्ताको योगदानको सम्मान स्वरुप रमेश अर्याललाई प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ।

जनवादी गायक हेमराज आश्रमः जो १५ वर्षको उमेरदेखि जनताको गीत गाउन थाले (भिडियोवार्ता)


 

प्रकाशित मिति: : 2021-09-25 23:11:00

प्रतिकृया दिनुहोस्