गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत 'बहिस्कार' गत शुक्रबार युट्युबमा सार्वजनिक भएको छ। गायक थापाको स्वर रहेको 'बहिस्कार' बोलको गीतमा शव्द पनि गायक थापाकै रहेको छ।
भिडियोमा गायक थापा,पल शाह लगायतको अभिनय रहेको छ। भिडियोलाई शिव बिकेले निर्देशन र किलन बिकले सम्पादन गरेका हुन्।
भिडियोलाई 'डि-सिरिज' युट्युब च्यानलमा हेर्न सकिन्छ।