पोखरामा एकै साथ ओर्लिए १० देशका राजदूत (भिडियो) 

पोखरामा एकैपटक १० देशका राजदूत आएका छन्। ४१ औं विश्व पर्यटन दिवसको छेकोमा एकैपटक १० देशका राजदूत ओर्लिएका हुन्।

विभिन्न १० देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिसहित २५ सदस्यीय टोली पोखरा विमानस्थलमा ओर्लिएको छ।

गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलगायत पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि फूलमालासहित स्वागत गर्न एअरपोर्ट पुगेका थिए।

कतार, साउदी अरेबिया, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, जर्मनी, मलेसिया गरी १० देशका राजदूत पोखरा आएका छन्।

लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन व्यवसाय राजदूतको सामूहिक भ्रमणले सकारात्मक सन्देश दिने अपेक्षा व्यवसायीले लिएका छन्।

प्रकाशित मिति: : 2021-09-26 17:11:00

प्रतिकृया दिनुहोस्