तीन वर्षपछि ठूलाे पर्दामा फर्किइन् सुवेक्षा

नायिका सुवेक्षा खड्का लामो समयपछि ठूलो पर्दामा 'कम्ब्याक' भएकी छिन्l

लगभग तीन वर्षपछि उनी नयाँ फिल्ममा आबद्ध भएकी हुन्l गोविन्द सिंह भण्डारीको निर्देशन रहने फिल्म 'पेमा'मार्फत उनी ठूलो पर्दामा फर्किन लागेकी हुन्l

विगत दुई हप्तादेखि उनी फिल्म ‘प्रेमा’ को छायांकनमा व्यस्त छिन्। 'रणवीर'बाट चलचित्रमा डेब्यु गरेकी सुवेक्षाको निर्देशक गोविन्द सिंहसँगको दोश्रो सहकार्य होl

‘प्रेमा’मा आबद्ध भएपछि सुवेक्षाले हरेक फिल्म झैँ यो फिल्मले पनि आफ्नो मुटुमा विशेष स्थान बनाएको उल्लेख गरेकी थिइन्। उनी मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता हुन्।   

प्रकाशित मिति: : 2021-09-27 06:24:00

प्रतिकृया दिनुहोस्